२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नोरा फतेही पनि डीपफेकको सिकार, रश्मिकाको भिडियो बनाउने पक्राउ

Nora Fatehi is also a victim of deepfake

काठमाडौं । डीपफेक प्रविधि पछिल्लो समय बलिउडमा ठूलै चिन्ताको विषय बनिरहेको छ । भारतीय सेलिब्रेटी पछिल्लो समय यो प्रविधिको सिकार बनिरहेको देखिन्छन् । आलिया भट्ट, काजोल, कट्रिना कैफ, रश्मिका मन्दाना र अन्य स्टारले पनि डीपफेक प्रविधिको दुरुपयोगको सामना गरेका छन् । यसले धेरै नेटिजन्सलाई आक्रोशित तुल्याएको पनि छ ।

पछिल्लो समय बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही डीपफेकको सिकार भएकी छन् । यस भिडियोमा नोराजस्तै देखिने एक महिला सिजन सेलको अन्त्यको प्रचार गरिरहेकी छिन् । यो भिडियोलाई नोराले आफ्नो सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । यो तस्वीर र भिडियो आफ्नो इन्स्टाग्राम स्टोरीमा सेयर गर्दै नोराले लेखेकी छिन्, ‘सक्ड, यो म होइन ।’ अभिनेत्रीले यसलाई फेक भनेकी छन् । यो भिडियोमा एक महिलाले ठ्याक्कै नोरा जस्तै आवाजमा बोल्दै फेसन ब्रान्डको बिक्रीको प्रचार गरिरहेकी छिन् । ती महिला नोरा जस्तै देखिन्छिन् ।

उक्त फेसन ब्राण्डको सोसल मिडिया अकाउन्टमा नोराका धेरै तस्वीर र भिडियो पनि अपलोड भएका छन् । यद्यपि, न त नोरालाई तीमध्ये कुनैमा ट्याग गरिएको छ न त नोराले त्यो कम्पनीसँग सहकार्य गरेकी छन् । यस्तो अवस्थामा यस अकाउन्टबाट अनलाइन कपडा बेच्ने नाममा ठगी भइरहेको प्रष्ट हुन्छ । अर्कोतर्फ, शनिबार दिल्ली प्रहरीले अभिनेत्री रश्मिका मन्दानाको डीपफेक भिडियो मुद्दाका मुख्य आरोपी आन्ध्र प्रदेशका २४ वर्षीय इन्जिनियर इमानी नवीनलाई पक्राउ गरेको छ । यसपछि रश्मिकाले दिल्ली प्रहरीलाई धन्यवाद दिएकी छिन् ।

आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा स्टोरी सेयर गर्दै रश्मिकाले लेखेकी छिन्, ‘म यस केसका आरोपीलाई पक्राउ गरेकोमा दिल्ली पुलिसलाई धेरै धेरै धन्यवाद दिन्छु । कठिन घडीमा मलाई साथ दिनुहुने र मलाई सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तिलाई म हृदयदेखि नै कृतज्ञता व्यक्त गर्न चाहन्छु ।’

 

प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस