२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पक्राउ जस्तो संवेदनशील समाचारमा हाम्रो गल्तीप्रति नेफ्राका उपाध्यक्ष नरेश अग्रवाल समक्ष माफी माग्छाैं

काठमाडौं । राजश्व अनुसन्धान विभागले स्रोत नखुलेको सवा २ करोड रूपैयाँ र ३ हजार डलरसहित पक्राउ परेका नरेश अग्रवालकाे समाचारमा नेपाल फ्रेड फरवार्डर्स एशोसियसन (नेफ्रा) का उपाध्यक्ष प्रतिष्ठित व्यक्ति नरेश अग्रवालकाे तस्बिर भुलवस छापिएकोमा क्षमा माग्दछाैं ।

उनले व्यहोर्नुपरेको हैरानी र प्रतिष्ठामाथि पुग्न गएकाे क्षतिमा अत्यन्तै चिन्तित भएका छाैं । आगामी दिनमा यस्ता भुल नदाेहाेर्याउने पाठक समक्ष प्रतिवद्वता व्यक्त गर्दछौं ।

क्षेत्रपाटी घर भएका कपडा व्यवसायी नरेश अग्रवालसहित ३ जनालाई बिहीबार राति राजश्वले पक्राउ गरेको थियो । तर, नाम र बसोबास गर्ने ठाउँ मिलेकै कारण कार्गो व्यवसायी नरेश अग्रवालको फोटो हामी केही मिडियाहरूमा आएपछि उनले आफू उक्त व्यक्ति नभएको भन्दै स्पष्टीकरण दिनुपरेको छ ।

नेफ्राका उपाध्यक्ष अग्रवालले भने, ‘नाम मिल्यो भन्दैमा मिडियाले भेरिफाइ नगरी मेरो फोटो हाल्दिँदा चरित्रहत्या भयो । व्यक्तिगतरूपमा मैले कतिलाई स्पष्टीकरण दिने ? मैले फेसबुक समेत डियक्टिभ गरेँ । जो व्यक्ति नरेश अग्रवाललाई पक्राउ गरिएको भनिएको छ, त्यो म होइन र मेरो फोटो जसले राख्नुभएको छ हटाउन आग्रह गर्छु, नत्र म कानूनी कारबाहीमा जान बाध्य हुनेछु ।’

कतिपय मिडियाले माफी मागेर फोटो हटाए पनि केहीले अझै आफ्नो फोटो प्रयोग गरेको उनले बताए ।

 

प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस