२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नुवाकोटकी गौशाला २६ को नाम र फोटो सार्वजनिक गर्ने एक पक्राउ, अन्यको खोजी तिब्र

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार अभियोग लगाउने नुवाकोट तादीको भनिएकी किशोरी गौशाला २६ (परिवर्तित नाम) को पहिचान सार्वजनिक गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । किशोरीको तस्वीर, नाम, थर सार्वजनिक गर्ने सङ्खुवासभाका केशरमान राईलाई प्रहरीले पक्राउ गरेको हो ।

३२ वर्षीय केशरमानलाई सङ्खुवासभाबाट पक्राउ गरेर काठमाडौं ल्याइएको प्रहरीले जानकारी दिएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको बताइएको छ । अन्यको पनि खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० माघ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस