२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाली मिडफिल्डर एरिक भारतीय क्लब लाजोङमा अनुबन्धित

Nepali midfielder ARIK BISTA signed to Indian club Lajong

हेटौँडा । नेपाली राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य तथा मिडफिल्डर एरिक विष्ट भारतीय आई लिग टोली सिलोङ लाजोङमा अनुबन्धित भएका छन् । सिलोङले सामजिक सञ्जालमार्फत नेपाली मिडफिल्डर एरिकलाई आई–लिगमा अनुबन्धन गरेको सार्वजनिक गरेको हो ।

एरिकले भारतमा जारी आई–लिगको बाँकी खेल लाजोङबाट खेल्नेछन् । सन् २०२० मा ढाकामा भएको बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा अन्तर्राष्ट्रिय डेब्यू गरेका एरिक अहिलेको समयका नेपाली फुटबलका उम्दा मिडफिल्डर हुन् । केही समय अघि काठमाडौँमा सम्पन्न नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसीका कप्तान पनि सम्हालेका विष्ट सहिद स्मारक ए डिभिजन लिगको विजेता चर्च ब्वाई युनाईटेडका खेलाडी समेत हुन् ।

दुई सिजन एनएसल र सहिद स्मारक ए डिभिजन लिग खेलेका उनले एनएसएलको पहिलो सिजन ललितपुर सिटि र सहिद स्मारक लिगको पहिलो सिजन न्युरो टिम एनआरटीबाट ब्यवसायीक फुटबल खेलेका थिए । लाजोङबाट आई लिग खेल्ने उनि नेपालका दोश्रो खेलाडी हुनेछन् । यस अघि नेपालका पुर्व कप्तान अनिल गुरुङले पनि लाजोङको लागि आई लिग खेलेका थिए । फुटबललाई निकै माया गर्ने भारतको मेघालयलाई लाजोङले प्रतिनिधित्व गरेको छ ।

 

प्रकाशित मिति : २०८० माघ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस