२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पाएको सुविधा लिन बिदा किन नबसेको ? भन्दै ५ जना प्रहरीलाई सोधियो स्पष्टीकरण

काठमाडौं । पाएको सुविधा लिन बिदा नबसेको भन्दै जिल्ला प्रहरी कार्यालय खोटाङले ५ जना प्रहरीलाई स्पष्टीकरण सोधेको छ । प्रहरी नियमावली २०७१ (संशोधन सहित) मा व्यवस्था भएबमोजिम नियम अनुसारको उपभोग गर्न पाउने बिदा जानुपर्ने भएता पनि ६ महिनासम्म बिदा नलिएको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधिएको हो ।

स्पष्टीकरण सोधिनेहरुमा प्रहरी सहायक हवल्दार सविन थक्लुङ लिम्बू, प्रहरी जवानहरू सागर राई, द्वारिका राई, अनिल परियार र रुपेश तामाङ रहेका छन् । स्पष्टीकरण पत्रमा भनिएके छ ‘६ महिनासम्म बिदा नजानुपर्ने कारण के हो ? बिदा लिई आफ्नो घरायसी समस्या समाधान गर्नुपर्छ भन्ने जानकारी छ वा छैन ?

आफ्नो घर परिवारको रेखदेख गर्ने तपाईको कर्तव्यभित्र पर्छ भन्ने कुराको जानकारी छ वा छैन ? बिदा भुक्तान गरी सकेपश्चात नागरिकहरुमा मुस्कानसहितको गुणस्तरीय सेवा सुविधा दिनु पर्नेमा स्वयं आफ्नो समस्या नदर्साई कुनै किसिमको बिदा नगई आफैँमा उदासिनता बसेको देखिएका हुँदा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’ इन्सपेक्टर बेनु कार्कीले हस्ताक्षर गरेको स्पष्टीकरण पत्रमा उल्लेख छ । स्पष्टीकरणको २४ घण्टामा सन्तोषजनक जवाफ नआए प्रहरी नियमावलीबमोजिम कारबाही हुनेसमेत पत्रमा चेतावनी दिइएको छ ।

प्रकाशित मिति : २०८० माघ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस