काठमाडौं । जतिसुकै धन कमाए पनि मान्छेहरु सारा काम छोडेर आफन्त र प्रियजनको अन्तिम संस्कारमा आउँछन् । तर कहिलेकाँही त्यस्ता हुँदैन् । त्यसपछि पीडित परिवारसँग विकल्पमा सरकार वा प्रशासनसम्म गुहार लगाउनुपर्छ । यस्तै एउटा घटना भारत, उत्तर प्रदेशको लखनउबाट सार्वजनिक भएको छ । त्यहाँ ७२ वर्षीय प्रेमचन्द्र बाजपेयीको आफ्नै घरमा निधन भयो । श्रीमती रञ्जना र छोरी अदिती प्रेमचन्द्रसँगै बस्दै आएका थिए ।
उनीहरु दुवैको स्वास्थ्य लामो समयदेखि अस्वस्थ रहेको छ । जसकारण प्रहरी अधिकृतलाई फोन गरेर उनीहरुले अन्तिम संस्कारका लागि मद्दत माग्नुपर्यो । जानकारी अनुसार मृतकका एक छोरा पनि छन्, जो अमेरिकामा बस्छन् । सहरमा बस्ने भाइ र अमेरिकाबाट छोरा अन्तिम संस्कारमा आउन नसक्ने भएपछि परिवारले प्रहरीकहाँ गुहार लगाउनु परेको हो । प्रेमचन्द्र बाजपेयी आफ्नो परिवारसँग कानपुर रोड एलडीए कोलोनीमा बस्दै आएका थिए । उनको आइतबार अचानक निधन भयो ।
बिरामी श्रीमतीले कोरोनाको समयमा तैनाथ भएका एडीसीपी चिरञ्जीवनाथ सिन्हालाई फोन गरेर अन्तिम संस्कारमा सहयोग मागेकी हुन् । हाल बाराबंकीमा कार्यरत एसीपी निरन्जीव नाथ सिन्हाका अनुसार उनले प्रेमचन्द्रको परिवारलाई पहिले नै मद्दत गरिसकेका छन् । प्रेमचन्द्र डिमेन्सियाका बिरामी थिए । एक दिन उनी घरबाट अचानक बेपत्ता भए । त्यसपछि श्रीमती रञ्जनाले सिन्हालाई सरकारी मोबाइल नम्बरमा फोन गरेर श्रीमान् खोज्नका लागि मद्दत मागेकी थिइन् । उनले तत्कालै प्रहरी टोली खटाए । केही समयभित्रै उन्नावको ढाबाबाट प्रेमचन्द्रलाई लखनउस्थित घरमा सुरक्षित रूपमा पुर्याइएको थियो ।
कोरोना कालमा राखेको नम्बर काम आयो
प्रेमचन्द्रको परिवारले फोनमा आफ्नो नम्बर सेभ गरेको सिन्हाले बताए । आइतबार प्रेमचन्द्रको मृत्युपछि श्रीमती रञ्जनाले फोन गरेर भनिन्, ‘सर, हामी असहाय छौं । छोरी पनि बिरामी छिन् । छोरा अमेरिकामा बस्छ, अहिले आउन सक्दैन । कृपया मेरो श्रीमानको अन्तिम संस्कारमा मद्दत गर्नुहोस् ।’ त्यसपछि उनले लखनउ महानगरपालिकालाई यस विषयमा जानकारी गराए । अनि महानगरले एक टोलीसहित पीडित परिवारको घर पुगेको थियो ।
महानगरपालिकाले प्रहरी र निगमको टोलीले विद्युतीय शवदाह गृहमा प्रेमचन्द्रको अन्तिम संस्कार गरेको छ । एसीपी चिरञ्जीवनाथ सिन्हाले प्रेमचन्द्र बाजपेयीका भाइ गोमतीनगरमा बस्ने भएपनि नआएको बताए । एक मात्र छोरा अमेरिकामा इन्जिनियर छन् । छोरा पनि अन्तिम संस्कारमा आउन पाएनन् । परिवारलाई सहयोग गर्न छिमेकी पनि आएनन् । एक दिन सबै बुढो हुनुपर्छ अनि मृत्युवरण समेत गर्नुपर्छ भन्ने कुरा समाजले कहिल्लै भुल्नु हुँदैन् ।