२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बम्जनले खान मानेनन् अन्य कैदीले खाने खाना, छुट्टै चोखो खाना गरे अर्डर !

Bamjan refused to eat the food eaten by other prisoners

काठमाडौं ।  केहि दिन अगाडी मात्रै पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनले कैदी-बन्दीले खाने गरेको खाना खान अस्विकार गरेका छन्। काठमाडौँबाट पक्राउ गरेर महोत्तरीको जलेश्वर कारागार पुर्याइएका बम्जनले कैदी-बन्दीले खाने गरेको खाना खान अस्विकार गरेका हुन्।

बम्जनलाई बिहीबार जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान गरेको थियो। जेल चलान भएपछि बम्जनले छुट्टै खाना तयार गरिदिन आग्रह गरेको बताइएको छ। बम्जनले आफू बेसार, लसुन, प्याज हालेको दाल, तरकारी नखाने बताएको जलेश्वर कारागारका प्रमुख (जेलर) रामचन्द्र साहको भनाई छ। बम्जनले जेल चलान भएको पहिलो रात केहि पनि खाएनन्।

शुक्रबार बिहान जलेश्वर कारागारका प्रमुख साहले बम्जनलाई भेटेका थिए। त्यसबेला बम्जनले साहलाई कैदीबन्दीलाई बनाएको खाना आफूलाई नदिन आग्रह गरेका थिए। “मसँग उनले अरु कैदीबन्दीलाई बनाएको खाना आफूलाई नदिन आग्रह गरेका छन्। यहाँ उनीजस्ता (जोगी) ५/७ जना कैदी छन्। अब हामी बम्जनलाई पनि तिनै जोगीलाई बनाएको खाना दिन्छौँ।”,साहले भने।

साहले थप भने,”उनलाई कुनै विशेष सुविधायुक्त ठाउँमा हामीले राखेका छैनौँ, अरु कैदीबन्दीसँगै राखेका छौँ। जलेश्वर कारागारमा कुनै सुविधायुक्त कोठा पनि छैनन्। सबै एकै ठाउँमा बस्ने हो।”

 

प्रकाशित मिति : २०८० पुष २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस