२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फिल्म निर्माण गर्दै ‘सक्किगोनी’ का बले

Bale making the film

काठमाडौं । दर्शकमाझ ‘बले’का रुपमा परिचित कलाकार सागर लम्साल यतिबेला फिल्म निर्माणको तयारीमा छन् । सागरले गत असारमा फिल्म निर्माण गर्ने घोषणा गरे पनि कार्यव्यस्तताका कारण समय दिन नसकेको स्वीकारे । उनका अनुसार फिल्मको स्क्रिप्टको पहिलो ड्राफ्ट तयार भइसकेको छ ।

‘वान लाइन स्टोरीपछि पहिलो ड्राफ्ट तयार भइसकेको छ । हामी चैतसम्ममा सेकेण्ड ड्राफ्ट फाइनल गरिसक्छौं’, उनले भने । सागरले आगामी वर्षको तिहार पछि सुटिङका लागि फ्लोरमा जाने तयारी भइरहेको बताए । ‘अहिले आफ्नै व्यस्तताले स्क्रिप्टमा समय दिन सकेको छुइनँ । हप्तामा तीन दिन ‘सक्किगोनि’ को सुटिङ गर्नुपर्छ । त्यसपछि बाँकी तीन दिन मेला महोत्सवमा दिनै पर्यो ।

भएको एकदिनको समय म्युजिक भिडियोमा नै जान्छ’, सागरले भने, ‘अब व्यस्ततालाई केही समय थाँती राखेर फिल्मको काममा ध्यान दिने योजना बनाएको छु । फिल्म ‘लोफर’बाट फिल्मको अभिनय यात्रा सुरु गरेका सागरले त्यसपछि ‘लज्जा’ र ‘हैरान’मा पनि अभिनय गरेका छन् ।
सागरले आफ्नो फिल्म प्रेमकथासँगै कमेडी फ्लेभरको हुने जानकारी दिए । ‘फिल्मका कलाकारदेखि प्राविधिक फाइनलको काम स्क्रिप्ट लक गरेपछि सुरु गर्नेछौं’, उनले भने ।’

 

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस