२०८१ असोज ८ गते मङ्गलवार | 2024 September 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

तस्बिर भाइरल गरिदिएपछि गौशाला २६ प्रहरीको ढोकामा गुहार्न पुगिन्

Cyber Crime Nepal

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि मुद्दा दायर गरेर चर्चामा आएकी गौशाला २६ (प्रहरीले दिएको नाम) का तस्बिर भाइरल भइरहेका छन् । उनको वास्तविक नाम र पहिचान लामो समयसम्म प्रहरी र अदालतले गोप्य राखेपनि एकाएक बास्तविक नाम र तस्बिर बाहिरियो ।

बलात्कारका मुद्दा दायर गर्ने जाहेरीकर्ताको वास्तवित नाम र पहिचान सामान्यतया प्रहरीले सार्वजनिक गर्दैन । पहिचान खुलाउँदा उनीहरु सामाजमा मुख देखाएर हिँड्न सक्दैनन् भन्ने परम्परागत भाष्य तथा कानूनी व्यवस्थाका कारण नाम लुकाउने अभ्यास गरिएको हो । यद्यपि, आरोपीको पहिचान खुलाउने र जाहेरीकर्ताको लुकाउने अभ्यास सान्दर्भिक हो वा होइन भन्नेबारे बहसहरु जारी छन् ।

यसैबीच पछिल्ला केही दिनदेखि गौशालाको तस्बिरहरु सामाजिक सञ्जालमा देखिन थालेका छन् । उनको इन्टाग्राम पेजबाट पुरानो तस्विर निकालेर कसैले सामाजिक सञ्जालमा पोस्ट गरेपछि पहिचान सार्वजनिक भएको हो । यसअघि पनि उनको भन्दै तस्बिर भाइरल भएको थियो । तर, अहिले वास्तविक तस्बिर नै सार्वजनिक भएपछि उनी प्रहरीमा पुगेकी छन् । उनले साइबर ब्यूरो पुगेर उजुरी हालिन् ।

ब्युरोका प्रवक्ता पशुपति रायले उजुरी आएको र छानबिन भइरहेको बताए । ‘गोपनियता हनन् सम्बन्धी मुद्धा सोझै अदालतमा पनि दर्ता गर्न सकिन्छ, अहिले हामीले पनि हेरिरहेका छौँ,’ एसपी रायले भने । गौशाला–२६ को तस्बिर बाहिर ल्याएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना एक कार्यकर्तालाई कारबाही गरेको छ । उनको नाम केही विदेशी सञ्चार माध्यमले पहिले नै प्रकाशन गरेको देखिन्छ । त्यही नाम सर्च इन्जिनमा अहिले ट्रेण्डिङ सर्चमा छ ।

 

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस