२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अनलाइनबाट बाख्रा किन्दा एक लाख ५० हजार लुटियो, कसरी भयो ठगी ?

1 lakh 50 thousand looted while buying a goat online

काठमाडौं । आजकल, मानिसहरू हरेक साना र ठूला वस्तुहरू अनलाइन किन्न चाहन्छन् । अनलाइन खरिद गर्दा उनीहरू छुट कुपनहरू मार्फत पैसा बचत गर्न वा बजार जाने झन्झटबाट बच्न चाहान्छन् । यो विशेष गरी ठूला सहरहरूमा सामान्य कुरा हो ।

तर कहिलेकाँही अनलाइन सामान किन्दा नराम्रोसँग ठगिनुपर्छ । भारत, मुम्बईका मोहम्मद कुरैशीले अनलाइन बाख्रा किन्न खोज्दा लाखौं गुमाउनु परेको छ । जानकारी अनुसार कुरैशीको आफ्नै मोबाइल पसल छ । उनी लगातार अनलाइन बाख्रा किन्न विकल्प खोजिरहेका थिए । त्यसपछि उनले रोयल गोट फार्मका अशरफ कुरेशीबाट व्हाट्सएपमा सन्देश पाए ।

उनलाई ह्वाट्सएपमा बाख्राका धेरै तस्विर र भिडियो पठाइएको थियो । अशरफ कुरैशीले आफू फार्म चलाउने कृषक भएको बताउँदै लगातार तस्विर र भिडियो पठाए । मोहम्मदलाई एउटा बाख्रा मनपर्यो, जसको मूल्य भारु ८६ हजार ६ सय ९५ रुपैयाँ थियो ।

तर त्यससँगै ६ हजार ६ सय रुपैयाँ यातायात शुल्क पनि थपिएपछि मूल्य ९३ हजार २९५ रुपैयाँ पुग्यो, जसको नेपाली मुद्रा झण्डै एक लाख ५० हजार हुन्छ । अशरफले पहिले पूरा अग्रिम भुक्तानी गर्न भने । मोहम्मद कुरेशीले जनवरी २ मा गुगल पे मार्फत सबै पैसा पठाए । अशरफले बाख्रा बोकेको गाडी मुम्बईको विक्रोली जंक्शन आउँने भन्दै त्यहीँ पर्खन भनेका थिए ।

त्यसपछि मोहम्मद कुरैशीले धेरै घण्टा कुरे तर कोही आएनन् । उनले टेम्पो चालक र अशरफलाई पटकपटक फोन गरे तर केही भएन । त्यसपछि मोहम्मद कुरेशीलाई आफू ठगिएको महसुस भयो । अनि उनले तुरुन्तै स्थानीय प्रहरी चौकीमा पुगेर उजुरी दिए । प्रहरीले अहिले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस