२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोशी प्रदेशको सभामुख आज चयन हुने, राप्रपालाई यसरी किस्तीमा उपहार आयो सभामुख पद

काठमाडौं । पाँच महिनादेखि रिक्त कोशी प्रदेशको सभामुख चयनका लागि आज निर्वाचन हुने भएको छ । मंगलबार बिहान बसेको प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले सभामुखको निर्वाचन आजै गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको हो ।

निर्वाचन प्रक्रियामा गएर भए पनि सभामुखको टुंगो लगाउन कार्यव्यवस्थामा सहमति जुटेको उपसभामुख सिर्जना दनुवारले जानकारी दिइन् । तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि कोशीमा गत साउन १६ गतेदेखि सभामुख पद रिक्त छ ।

सभामुख पद राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई दिने सत्ता गठबन्धनले निर्णय गरेपछि राप्रपासमेत आफ्नो उम्मेदवार अघि सार्न सकारात्मक बनेको हो । निर्वाचन कार्यतालिका प्रकाशन भएपछि उम्मेदवारी दिने राप्रपाको तयारी छ । राप्रपाले अम्बरबहादुर विष्टलाई सभामुख बनाउने भएको छ । उनी झापाबाट प्रदेश सभा सदस्य बनेका हुन् ।

विभिन्न राजनीतिक दाउपेचमा परेको कोशीको सभामुख पद लिन प्रमुख दलहरु अग्रसर नहुँदा राप्रपाले किस्तीमा उपहार पाउने अवस्था बनेको हो । सत्ता गठबन्धनले राप्रपालाई सभामुख पद दिने भएपछि प्रमुख प्रतिपक्ष नेकपा एमालेलेसमेत राप्रपालाई सघाउने भएको छ । एमालेबाट सभामुखको उम्मेदवार उठाउने अवस्था नभएकाले उसले राप्रपाका उम्मेदवारलाई सघाउने भएको हो । एमाले संसदीय दलको बैठकले सत्ता गठबन्धन दल बाहिरबाट उम्मेदवारी परे सभामुखमा सघाउने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : २०८० पुष २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस