२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कपाल, छाला, मुटुको लागि नरिवल तेलका अद्भुत फाइदाहरू जान्नुहोस्

Coconut oil benefits

काठमाडौं । जाडो हुँदा कपालमा चाँया पर्नु सामान्य समस्या हो । सामान्य भएपनि छाँयाबाट छुटकारा पाउन हामी सबैले हरसम्भव प्रयास गर्छौ । यस्तोमा नरिवलको तेल उपयोगी हुन सक्छ । नरिवल तेलले छालादेखि कपालसम्मको सुख्खापनलाई कम गर्न सहयोग गर्छ । यसबाट चाँयाको समस्या पनि कम हुन्छ ।

मोटोपन
खाना पकाउन होस् वा छाला र कपालको हेरचाह, नरिवलको तेल सबैतिर उपयोगि हुन्छ । नरिवलको तेल पोषक तत्वले भरिपूर्ण हुने भएकाले त्यसलाई पूर्ण स्वस्थ तेल भनिन्छ । यसमा भएको एन्टी माइक्रोबियल र एन्टिअक्सिडेन्ट गुणले छालालाई चम्किलो बनाउनुका साथै मोटोपनको समस्याबाट पनि छुटकारा दिलाउँछ । इन्टरनेसनल जर्नल अफ मोलिक्युलर साइन्सेजमा प्रकाशित एक अध्ययनअनुसार नरिवलको तेलमा एन्टीब्याक्टेरियल, एन्टिअक्सिडेन्ट हुन्छ, जसले चाँया कम गर्छ ।

भर्जिन नरिवल तेलको प्रयोग
ब्याक्टेरियालाई नष्ट गर्ने प्रक्रियाद्वारा यसलाई तयार गरिन्छ । यसलाई आकर्षक बनाउन यसमा थोरै सेतो रङ पनि थप्नुपर्छ । अर्कोतर्फ, काँचो (भर्जिन) नरिवलको तेल पूर्ण रूपमा शुद्ध र ताजा नरिवलबाट तयार गरिन्छ । यसमा कुनै मिसावट हुँदैन । विशेषज्ञहरूका अनुसार यो अन्य नरिवल तेलको तुलनामा बढी फाइदाजनक हुन्छ । यसलाई सुन्दरता बढाउन मात्रै नभएर खाना पकाउनका लागि प्रयोग गर्ने गरिन्छ । आउनुहोस् जानिराखौं नरिवलको तेलका फाइदाहरु के के हुन् ?

बोसो घटाउन
नरिवलको तेलमा एक विशेष प्रकारको स्याचुरेटेड फ्याट हुन्छ, जसलाई मिडियम चेन ट्राइ ग्लिसराइड (एमसीटी) भनिन्छ । साथै, लौरिक एसिड, क्याप्रिटेलिक एसिड र क्याप्रिक एसिड पनि हुन्छ । त्यसले बोसो घटाउन मद्दत गर्छ ।

पाचन क्रियामा सुधार
नरिवलको तेल कतिपय घरहरूमा खाना पकाउन प्रयोग गरिन्छ, किनकि यसले पाचन प्रणालीलाई राम्रो राख्छ । पाचन मात्र होइन, यसले इरिटेबल बोवेल सिन्ड्रोम (कब्जियत, झाडापखाला, ग्यास्ट्रिक आदि) पेटसँग सम्बन्धित समस्यालाई पनि नियन्त्रणमा राख्छ ।

मधुमेह र मुटुरोगीका लागि पनि लाभदायक
एक अनुसन्धानले भर्जिन नरिवलको तेलमा मधुमेह नियन्त्रण गर्ने क्षमता हुन्छ भनेर देखाएको छ । यो तेलमा पाइने बायोएक्टिभ कम्पाउन्डले रगतमा पाइने ग्लुकोजको मात्रा घटाउन सक्छ । यसका साथै यो तेल कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न पनि सहयोगी हुन्छ । स्वस्थ्य मुटुका लागि नरिवल तेल लाभदायक हुन्छ ।

कपालका लागि नरिवल तेल
नरिवलको तेलले कपालमा पनि धेरै लाभ पुर्याउँछ । नरिवल तेलले कपालका लागि सुरक्षात्मक ढालको रुपमा काम गर्छ । कपालको जरासम्म पुगेर पोषण प्रदान गर्छ । जाडोमौसममा मनतातो नरिवलको तेलले मालिश गर्दा चाँया पनि आउँदैन् ।

छाला चम्किलो बनाउँछ
नरिवलको तेल छालाको सुख्खापन हटाउँदै त्यसमा आर्द्रता कायम राख्न निकै प्रभावकारी हुन्छ । यसले छालालाई सूर्यको हानिकारक पराबैजनी किरणबाट बचाउँछ । विभिन्न अध्ययन अनुसार सूर्यको हानिकारक किरणलाई २० प्रतिशतसम्म रोक्न सक्छ ।

प्रकाशित मिति : २०८० पुष २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस