२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जान्हवी–टाइगर हिरो, वरुण भिलेन बनेर डेडलीमा पहिलो पटक एकसाथ देखिँदै

Janhvi-Tiger as hero, Varun as villain to be seen together for the first time in Deadly

नयाँ दिल्ली । टाइगर श्रफ, वरुण धवन र जान्हवी कपुर एउटै फिल्ममा देखिँदै छन् । यी तीन जना करण जौहरको प्रोडक्शनमा बन्न लागेको फिल्म डेड्लीमा सँगै आउँदै छन् । फिल्मको निर्देशन राज मेहताले गर्नेछन् । निर्देशक मेहत्ताले यस अघि गूड न्यूज र जुग जुग जियो जस्ता फिल्मको निर्देशन गरिसकेका छन् ।

फिल्मको कहानी अनुराग कश्यपले लेखिरहेका छन् । फिल्ममा पहिलो पटक जोडीको रूपमा जान्हवी र टाइगर आउन थालेका छन् । यो वर्ष जान्हवी कपुरसँग टन्नै फिल्म छन् । जुनियर एनटीआरसँग देवरा, राजकुमार रावको साथमा मिष्टर एन्ड मिसेज माही र गुलशन देवैयाको साथ उलझमा पनि उनले काम गर्नेछिन् । केही दिन अघि दुल्हनिया ३ मा पनि जान्हवी देखिन सक्ने हल्ला चलेको थियो ।

तर वरुणले यो हल्ला मात्रै भएको बताएका छन् । यो फिल्ममा आलिया हिरोइन रहनेछन् । टाइगर भने अक्षय कुमारको साथमा बडे मिया छोटे मिया रिलिजको तयारीमा जुटेका छन् । वरुण धवन भेडिया २, सिटाडेल इन्डिया र तमिल फिल्म थेरीको रिमेकमा देखिनेछन् ।

 

प्रकाशित मिति : २०८० पुष २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस