२०८१ मङ्सिर १० गते सोमवार | 2024 November 25th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अत्यधिक उत्तेजनाले गयो ज्यान, मृत्युपछि पनि उत्तेजित नै देख्दा चिकित्सक नै चकित

Death due to over sex excitement

काठमाडौं । अत्यधिक यौन उत्तेजना थाम्न नसकेर एक युवकको मृत्यु भएको खबर अहिले संसारभर फैलिरहेको छ । यसकै कारण मृत्युले मात्र यो खबरले शनसनी मच्याएको हैन, चकित हुने विषय त यो छ की मृत्युपछिपनि उक्त युवकको लिंग उत्तेजित नै रह्यो । यो देखेर चिकित्सकीय बैज्ञानिकहरु नै हैरान भएका छन् ।

यसलाई अनुशन्धानको विषय बनाएकाले खबर सबैतर्फ फैलिरहेको छ । खबर नाइजेरियाको हो । त्यहाँ एक व्यक्तिको अत्यधिक उत्तेजनाले मृत्यु भएको छ । मृत्युपछि पनि उनको लिंग उत्तेजित अवस्थामा रहेको त्यहाँका मिडियाले जनाएका छन् । ४० वर्ष आसपास उमेर भएका सामसोन नाम गरेका व्यक्ति तीन सन्तानका बाबु हुन् ।

उनले मृत्युअघि अत्यधिक यौनवर्द्धन औषधि सेवन गरेर आफ्नी नयाँ प्रेमिकासँग यौनक्रिडा गरेको खुलेको छ । सामसोनले प्रेमिकासँग यौनसम्वन्ध राख्ने योजनाबारे सुनाएपछि उनका एक साथीले म्यानपावर नामक यौनवर्द्धक औषधि खान सुझाव दिएका थिए । प्रेमिकालाई प्रभावित पार्ने धुनमा उनले सो औषधि आवश्यकताभन्दा बढि सेवन गरिदिए । औषधि सेवनपछि उत्तेजित भएको लिंग फेरि शान्त भएन ।

सामसोनका साथी भन्छन्, ‘लामो समय यौनसम्वन्ध राख्दा पनि उ स्खलित हुन सकेन । निरन्तरको कडापनका कारण उत्पन्न दवावले नै उसको मृत्यु भएको हुनुपर्छ ।’ सामसोनले पहिलोपटक यस्तो औषधि सेवन गरेर सेक्स गरेको पनि उनले जानकारी दिए । सामसोनको मृत्यु भएपछि उनकी प्रेमिका होटलबाट भागेकी थिइन् ।

होटलका कर्मचारीले सामसोनलाई वारी सेन्ट्रल हस्पिटल लैजाँदासम्म उनको लिंग उत्तेजित अवस्थामा नै थियो । तर अस्पतालमा चिकित्सकहरुले उनर्लाइ मृत घोषित गरिदिए । मृतकको परिवारले अहिलेसम्म कुनै उजुरी नगरेकाले प्रहरीले यस घटना सम्वन्धमा अनुसन्धान अघि बढाएको छैन । चिकित्सकहरुले भने यौनवर्द्धन औषधि सेवनपछिको अवस्थाका बारेमा थप अध्ययन गरिरहेका छन् ।

 

प्रकाशित मिति : २०८० पुष २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस