२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेताकी छोरीले पाइन् सत्ता गठबन्धनको भागबाट पाएको राष्ट्रियसभा सदस्यको टिकट

The leader's daughter got the National Assembly member's ticket from the power coalition

२२ पुस, काठमाडौं । सत्ता गठबन्धनको भागबाट पाएको राष्ट्रियसभा सदस्यको टिकट नेताकी छोरीले पाएकी छिन् । जनता समाजवादी पार्टी (जसपा) ले पूजा चौधरीलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।

राष्ट्रियसभाको १९ सिटमा सत्ता गठबन्धनमा भएको भागबण्डामा जसपाले मधेशको एक सिट पाएको थियो । आइतबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले रौतहटकी पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

चौधरी २०७९ मा भएको प्रदेशसभा निर्वाचनमा रौतहट ३ (क) मा पराजित भएकी थिइन् । उनी जसपा कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी छोरी समेत हुन् । नेताकी छोरीलाई टिकट दिइएकोमा पार्टीका नेता-कार्यकर्ताहरुले भने सर्वत्र विरोध गरिरहेका छन् ।

 

प्रकाशित मिति : २०८० पुष २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस