२०८१ मङ्सिर ७ गते शुक्रवार | 2024 November 22nd Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बरहथवामा मृतकका परिवारले शव लिन मानेनन्

काठमाडौं । शुक्रवार दिउँसो प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका युवकको शव अझै घटनास्थलमै रहेको छ । सर्लाहीको बरहथवामा प्रशासनले विभिन्न माग राखेर मृतकका परिवारले शव नबुझेका हुन् । उनीहरुले घटनाबारे आफूहरूसँग वार्ता गर्नुपर्ने, दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने लगायतका माग राखेर शव घटनास्थलमा राखेका छन् ।

अस्पताल स्तरोन्नतिको माग राखी भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा शुक्रवार दिउँसो बरहथवा नगरपालिका–६, का अन्दाजी ३० वर्षीय जय शङ्कर साहको मृत्यु भएको थियो । साहले बरहथवा बजारमा होटेल सञ्चालन गर्दै आएका थिए । उहाँलाई बरहथवा बजारस्थित विद्युत् कार्यालय नजिकको पुलमा गोली लागेको हो ।

झडपमा घाइते भएका प्रहरी र प्रदर्शनकारीमध्ये प्रहरी सहायक निरीक्षक (असई) भिखारी यादवबाहेक अन्य अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । गम्भीर घाइते असई यादवको वीरगन्जमा उपचार जारी छ ।

प्रकाशित मिति : २०८० पुष २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस