२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालेनको सहर काठमाडौंबाट अब अपराधि मात्र हैन, गलत गर्ने कोहीपनि पाउने छैनन् भाग्न [ भिडियो ]

Balen Shah Kathmandu City Camera City

काठमाडौं । नेपालको राजधानी काठमाडौंलाई अहिले बालेनको सहर भनेर चिनिन थालिएको छ । बालेन शाह मेयर बनेर आएपछि काठमाडौंमा चमत्कारीक परिवर्तनहरु देखिएपछि विश्वभरका मानिसहरुले काठमाडौंलाई बालेनको सहर भनेर नाम नै बदल्न थालेको छन् । कामले नै प्रशंसा पाइरहेका बेला काठमाडौं महानगरपालिकाले अर्को प्रसंशनीय काम गरेको छ ।

यो काम सम्पन्न भएसँगै अब नेपालको राजधानी काठमाडौंबाट अपराध गरेर मात्र हैन गल्ती गरेरपनि भाग्न पाउने छैनन् । मुख्य सडकहरुमा उच्च निगरानी गर्ने पछिल्लो उच्च प्रविधिको क्यामेरा सिस्टम जडान गरिसकिएको छ । कोटेश्वर लगाएतका ठाउँमा जडान सम्पन्न हुँदै गएको छ । यसलाई अत्याधुनिक प्रबिधिको चेक पोइन्ट भनिन्छ ।

विश्वका शक्तिशाली र विकसित देशहरुले आफ्ना सहरहरु यसरी नै सुरक्षित गरेका हुन्छन् । यसको प्रयोगले सवारी साधनको नम्वर प्लेटका साथै सवारी साधनका चालक र सहचालकका गतिविधिलाई पूर्णरुपमा निगरानि गर्नेछ । महिला, बालबालिक, असक्त अव निर्धक्क भएर काठमाडौंमा आवतजावत गर्न पाउनेछन् । कुनै अपराध गरेर कोही व्यक्ति फरार हुन खोज्यो भने त्यसलाई उम्किनै नपाउनेगरी यो प्रविधिले निगरानी गर्छ । यसले सवारी दुर्घटना समेत कम हुनेछ भन्ने बिश्वास लिइएको छ । यसको निगरानी भने उपत्यका प्रहरी रानीपोखरीले गर्नेछ ।

कोटेश्वरमा आजबाट सञ्चालनमा आउने र अबको हप्तादिन भित्र अन्य दुई ठाँउ महाराजगञ्ज र नयाँ बसपार्कमापनि सञ्चालनमा आउने जडानको जिम्मेवारी पाएको थ्री सेल्स एण्ड सर्भिसका प्रोजेक्ट सुपरभाइजर रन्जित सिंहले बताए । थप जानकारी भिडियोबाट लिनुहुनेछ ।

 

प्रकाशित मिति : २०८० पुष २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस