२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बिराज भट्टको चलचित्रमा साउथ सुपरस्टार जय सेतुपतिको चर्चा

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार विजय सेतुपतिका नेपालमा ‘फ्यान फलोइङ’ अत्याधिक छन् । दक्षिण भारतीय चलचित्रमा रुचि हुनेले उनलाई हेर्न छुटाउँदैनन् । अझ पछिल्लो पटक बलिउड चलचित्र ‘जवान’मा शाहरूख खानको अपोजिट चरित्रमा देखिएपछि उनको क्रेज अझै थपिएको छ ।

उनै विजय सम्भवतः पहिलो पटक नेपाली चलचित्रमा देखिँदै छन् । यो कुराको कुनै स्वतन्त्र पुष्टि हुन नसके पनि नेपाली अभिनेता बिराज भट्टसँगको उनको बिहीबार सार्वजनिक एक तस्बिरले केही सङ्केत दिएको छ । आफ्नो डेब्यू निर्देशन रहेको चलचित्र ‘साङ्लो’ पछि सुस्ताएका बिराजले केही समयअघि ‘बाह्र गाउँ’ नामक चलचित्रको घोषणा गरेका छन् । चलचित्रको घोषणासँगै चलचित्रमा उनीसँगै अन्य कलाकार को होलान् भन्ने चासो भइरहँदा बिराजसँग विजयको तस्बिरले सहकार्य गर्ने छनक दिएको छ । यस विषयमा बिराजले केही बोलेका छैनन् । उनले आफूले फोटो सार्वजनिक नगरी निकटका पत्रकार दिनेश सिटौलालाई सार्वजनिक गर्न लगाएका छन् ।

नेपाली चलचित्रमा कुनै समय एकछत्र राज गरेका बिराज त्यसपछि भोजपुरी चलचित्रमा सुपरस्टार बनेका थिए । उनले भोजपुरी चलचित्रमा बनाएको सुपरस्टारको छविले पनि दक्षिण भारतीय स्टार उनको चलचित्रमा काम गर्न इच्छुक भएको हुनसक्ने आकलन गरिएको छ । सार्वजनिक तस्बिरमा विजय र बिराज निकै खुसी देखिएका छन् । विजय पछिल्लो पटक एक वेब सिरिजको छायाङ्कनका लागि नेपाल पनि आएका थिए ।

 

 

प्रकाशित मिति : २०८० पुष २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस