२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

डिभोर्सको चर्चाबीच विपना र उनका श्रीमान बारे नीता केही रहस्य खोतलिन्

Neeta digs some secrets about Vipana and her husband amidst the divorce talk

काठमाडौं । पुस ४ गते अभिनेत्री विपना थापाका श्रीमान आशुतोष भारद्वाजको फेसबुक एकाउन्टमा तरंग ल्याउने स्टाटस पोस्ट भयो । आफू र विपनाको ‘तलाक’ भइसकेको कुरा त्यहाँ उल्लेख थियो । त्यसको दश मिनेटमै स्टाटस गायब भयो । यतिञ्जेलसम्म सामाजिक सञ्जाल र मिडियामा डिभोर्सको हल्ला फैलिसकेको थियो । तर विपनाले उक्त स्टाटस फेसबुक ह्याक भएर पोस्ट गरिएको र गलत रहेको भन्दै खण्डन गरिसकेकी छन् ।

विपनाले आफू श्रीमानसँग अलग भएको कुरा गलत भएको बताएपछि फ्यानले राहतको सास फेरे । उनी यतिबेला नीता ढुंगानाले निर्माण गरिरहेको फिल्म ‘ह्रस्वदीर्घ’मा काम गरिरहेकी छिन् । १३ वर्षपछि विपना यो फिल्मबाट अभिनयमा कमब्याक गर्दैछिन् ।

सम्बन्ध विच्छेदको हल्लाबीच नीताले आइतबार बिहान विपना र आशुतोषसँगको युगल तस्वीर सेयर गरेकी छन् । यो तस्वीरमार्फत नीताले पछिल्लो समय चलेका गसिपको खण्डन प्रयास गरेकी छन् ।

तस्वीरमा उनी लेख्छिन्, ‘बिहान दिदी र भिनाजुसँग । सबैजनालाई शुभप्रभात ।’ उनले उक्त तस्वीरमा हार्ट इमोजीको पनि प्रयोग गरेका छन् । भारतीय कांग्रेसका नेतासमेत रहेका विपना श्रीमान पनि अहिले नेपालमै छन् ।

 

प्रकाशित मिति : २०८० पुष २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस