२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मःम पसलमा जागिर लगाइदिन्छु भनेर भारत लगेर मिर्गौला बेच्ने हरि दर्जी पक्राउ

Hari Darji arrested for selling kidney

काठमाडौं । मःम पसलमा जागिर लगाइदिन्छु भनेर मिर्गौला बेच्ने नुवाकोट बेलकोटगढीका हरि दर्जी पक्राउ परेका छन । नुवाकोटकै एक व्यक्तिलाई मःम पसलमा जागिर लगाइदिन्छु भनेर भारत पुर्याएर हरिले मिर्गौला बेचेको प्रहरीले जनाएको छ । ब्यूरोका प्रवक्ता एसपी कृष्णप्रसाद पंगेनीले मिर्गौला बेचिने पनि नुवाकोटकै रहेको जानकारी दिएका छन । हरिलाई काठमाडौँबाट पक्राउ गरिएको पंगेनीले बताए ।

अभियुक्त ४३ वर्षीय हरि दर्जी नुवाकोट जिल्ला बेलकोटगढी नागरपालिका(१३ का हुन । पीडितलाई हरिले भारत कलकत्तामा मःम पसलमा मासिक ३० हजार भारतीय रूपैयाँ तलबमा काममा लगाईदिने भन्ने प्रलोभन देखाई नुवाकोटबाट काकडभिट्टा हुँदै भारत कलकत्ता पुर्‍याएका थिए ।

कोलकत्तामै पीडितलाई झुक्याई अस्पताल लगि बेहोस पारी मानव अंग मृगौला झिकी अर्कै व्यक्तिलाई प्रत्यारोपण गरिएको प्रहरीले जनाएको छ । हरि लुकिछिपी हिँड्दै गरेकोमा मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ७ दिन म्याद थप लिइ आवश्यक अनुसन्धान गरिरहेको एसपी पंगेनीले बताएका छन ।

 

 

प्रकाशित मिति : २०८० पुष १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस