२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंमा चार्जिङमा राखेकाे गाडी जल्दा स्थिति भयावह 

१७ पुुुस, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठमा केही दिनअघि चार्जिङमा राखिरहेको बागमती प्रदेश ०१–०२७ च १५८१ नम्बरको विद्युतीय गाडीमा आगलागी भएको छ । गत ९ पुसमा सुदीप लामिछानेको एमजी गाडीमा रातको १ बजे आगलागी भएको महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठले पुष्टि गरेको छ ।

चार्जमा हालेको अवस्थामा आगलागी भएको भन्दै गाडी धनीले फोन गरेर बोलाएपछि प्रहरी घटनास्थल पुगेर आगो निभाएको एक प्रहरी अधिकारीले जानकारी दिए । ‘हामी पुग्दा विद्युतीय सवारीको चारवटै टायर बलिसकेको थियो । आगलागी नियन्त्रण भए पनि सवारी साधन पूर्ण क्षति भएको देखिन्छ,’ उनले भने ।

कम्पनीका प्रतिनिधि र सवारी धनीकै अगाडि आफूहरुले मुचुल्का उठाएको प्रहरीले बताएको छ ।

सवारी धनी सुदीप लामिछानेले साँझ ६ बजे चार्जमा हालेर छोडेको गाडीमा राती १ बजे आगलागी भएको बताए । तर, यस विषयमा आफूले थप नबोल्ने उनले बताए ।

 

प्रकाशित मिति : २०८० पुष १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस