२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

१५ वर्ष कान्छी पत्नीसँगै हनीमूनमा निस्के अरबाज खान, मिडियासामु लजाइन् शुरा

काठमाडौं । नवविवाहित जोडी अरबाज खान र शुरा खान हनिमुनसँगै नयाँ वर्ष २०२४ लाई स्वागत गर्न बिदामा गएका छन् । यो जोडी शनिबार बिहान मुम्बई विमानस्थलमा देखिएको हो । सो अवसरमा अरबाज मिडियासँग पहिलेजस्तै सहज भए भने शूरा टाढै रहेकी थिइन् । यसअघि पनि सार्वजनिक रुपमा शुरा असहज देखिइन् । यो जोडीको हनिमुन लोकेसनको बारेमा अहिलेसम्म कुनै जानकारी आएको छैन् ।

शुरा मिडियाबाट बच्न खोजिरहेको देख्न सकिन्छ । उनीहरुले डिसेम्बर २४ मा विवाह गरेका थिए । अरबाजकी बहिनी अर्पिता शर्माको घरमा विवाह भएको थियो । समारोहमा परिवार र केही विशेष साथीहरू मात्र उपस्थित थिए । जानकारी अनुसार ४१ वर्षीया शूरा अरबाजभन्दा १५ वर्ष कान्छी हुन् । अरबाजले सन् १९९८ मा मलाइका अरोरासँग विवाह गरेका थिए । विवाहको १९ वर्षपछि सन् २०१७ मा उनीहरुको सम्बन्ध विच्छेद भएको थियो ।

प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस