२०८१ असोज ८ गते मङ्गलवार | 2024 September 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मर्दी ट्रेकिङ गएका सम्पर्कविहीन

Mardi went trekking contactless

१५ पुस, काठमाडौं । कास्कीको पोखरा-मर्दी ट्रेकमा २४ घन्टादेखि एक जना विदेशी पदयात्री सम्पर्कविहीन भएका छन् । शनिबार बिहान करिब ४ बजे मर्दी हाई क्याम्पबाट बेस क्याम्प हिँडेका मिचेल नाम गरेका स्वीडेनी युवक सम्पर्कविहीन भएको माछापुच्छ्रे गाउँपालिका-८ का वडाध्यक्ष राम गुरुङले जानकारी दिए ।

गाउँपालिकाले उठाउने पर्यटन शुल्क फर्ममा फर्म भरेर हिँडेका उनी साँझसम्म नफर्किएपछि खोजी तीव्र पारिएको वडाध्यक्ष गुरुङले जानकारी दिए । आइतबार बिहानसम्म सम्पर्कमा नआएपछि उनको खोजीमा वडा प्रहरी कार्यालय बगरको नेतृत्वमा प्रहरी बिहानै मर्दी बेसक्याम्प हिँडेको छ । करिब २२/२३ वर्षीय ती युवकले गाउँपालिकाको पर्यटक फर्म पनि पूरा नभरेको पाइएको वडाध्यक्ष गुरुङले बताए ।

 

प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस