२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रास्वपा महामन्त्री र उपसभापतिले दिए राजीनामा

काठमाडौं । रास्वपाका महामन्त्री र उपसभापतिले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमका महामन्त्री भोजराज जोशी र उपसभापति श्रृष्टी महराले पदबाट राजीनामा दिएका हुन् । उनीहरू दुवै जनाले प्रदेश कमिटीलाई समय दिन नसक्ने भन्दै राजीनामा दिएको पाइएको छ । उनीहरूको प्रदेश सदस्य पद भने कायमै रहनेछ । जोशीले राजीनामा दिएपछि महामन्त्रीको जिम्मेवारी पारस बाहुनले पाएका छन् । उपसभापति श्रृष्टीको ठाउँमा पनि अर्को व्यक्तिलाई जिम्मेवारी दिने पार्टीले जानकारी गराएको छ ।

प्रकाशित मिति : २०८० पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस