२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालकुमारी घटना : दुई जनाको मृत्युपछि छानबिन समिति गठन, गम्भीर बन्न कांग्रेसको माग

काठमाडौं । मन्त्री सवार गाडीमा आगजनी गरिएको घटनालाई छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ । शुक्रबार (आज) दिउँसो भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने ब २ झ ५८६१ नम्बरको गाडी ललितपुरको बालकुमारीमा आगजनी भएको थियो । सो घटनामा दुई जनाको मृत्यु भएपछि छानबिन गर्न उपत्यका प्रहरी कार्यालयका डिआइजी लालमणी आचार्यको संयोजकत्वमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार र राष्ट्रिय अनुसन्धा विभागका उपनिर्देशक बासु सिग्देलसहितको समिति बनाइएको छ । यस घटनामा अहिलेसम्म ५४ जना पक्राउ परिसकेको प्रहरीले जानकारी दिएको छ ।

उता, सत्तारुढ नेपाली कांग्रेसले पनि बालकुमारीमा प्रदर्शनकारीले उठाएको विषयप्रति गम्भीर बन्न सरकारसँग माग गरेको छ । कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार शुक्रबार ललितपुरको बालकुमारीस्थित इपिएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा सवार गाडीमा आगजानी हुनु र प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा युवाको मृत्यु तथा केही व्यक्ति घाइते भएको घटनामा गम्भीर ध्यानाकर्षण गरिएको बताउनुभएको हो । प्रदर्शनकारीले उठाएको विषयप्रति गम्भीर बन्न कांग्रेसले अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : २०८० पुष १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस