२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालकुमारी घटना : ज्यान गुमाउनेको संख्या २ पुग्यो, ५४ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । ललितपुरस्थित बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको घटनामा अहिलेसम्म दुई जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत् वीरेन्द्र शाहको पनि मृत्यु भएको हो । यसअघि किष्ट मेडिकल अस्पतालले २३ वर्षीय सुजन राउतको उपचारका क्रममा निधन भएको जानकारी गराएको थियो । रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले बालकुमारीमा प्रदर्शन गरेका थिए ।

इपिएस कोरिया शाखाले उत्पादनमूलक क्षेत्रका लागि आवेदन गरेको र सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरूलाई आवेदन दिन नपाउने भनिएको थियो । त्यसको विरोधमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् । एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका मन्त्री ज्वालाले आफूलाई चालकले बैंठकस्थल छोडेर गाडी सिंहदरबार फर्कने क्रममा आगजनी भएको थियो । सो घटनापछि स्थित नियन्त्रमा लिन गोली चलाएको प्रहरीले ५४ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० पुष १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस