२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज बिहीबार सुनको मूल्य ह्वात्तै बढ्यो

gold price today nepal

काठमाडौं। नेपाली बजारमा सुनको भाउ फेरि ह्वात्तै बढ्न थालेको छ । मंगलबार १ लाख २० हजार नाघेको सुनको मूल्य हिजो बुधबारपनि बढेको थियो । कारोबार साताको पाँचौ दिन आज बिहीबार सुनको मूल्य झनै ह्वात्तै बढेको छ । हिजो बुधबार १ लाख २० हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख २२ हजार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख २१ हजार ४०० रुपयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्यपनि बढेको छ । चाँदीको मूल्य हिजो प्रतितोला १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेकोमा आज १ हजार ४९० रुपैयाँ तोकिएको छ ।

 

प्रकाशित मिति : २०८० पुष १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस