२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कंगोमा बाढी पहिरोमा परी ४० जनाको मृत्यु

कंगो । कंगोमा बाढी पहिरोमा परी कम्तिमा ४० जनाको मृत्यु भएको छ । कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्रको दक्षिण किभु प्रान्तको राजधानी बुकाभुमा मङ्गलबार रातिदेखि परेको भारी वर्षापछिको बाढीमा परी ४० जनाको मृत्यु भएको हो । उक्त बाढीपहिरोमा परी सयौँ घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

प्रान्तीय गभर्नरको कार्यालयका अनुसार बुकाभुमा कम्तिमा २० जना र वरपरको गाउँ बुर्हिनीमा २० जना मारिएका छन्। यसअघि मे २०२३ मा दक्षिण किभुको कालेहे क्षेत्रमा भारी वर्षाका कारण बाढी प्रभावित क्षेत्रहरूमा कम्तिमा ४३८ शव फेला परेका थिए ।

 

प्रकाशित मिति : २०८० पुष १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस