२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चितवनबाट अपहरणमा परेका दुई नेपाली भारतमा उद्धार, ६ जना भारतीय पक्राउ

6 people including inspector arrested from examination center in Rautahat

काठमाडौं । आफू अपहरणमा परेको भन्दै ६ लाख रुपैयाँ फिरौती पठाउन भनेका व्यक्तिलाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको छ । चितवनका कृष्ण थापा र दीपेन्द्र महतलाई भारतको सितामढीबाट सकुशल उद्धार गरिएको रौतहट प्रहरीले जनाएको छ । पुस ५ गते घरमा महतसँगै निस्किएका थापाले दुई दिनपछि श्रीमतीलाई भिडियो कल गर्दै आफू अपहरणमा परेको बताएका थिए ।

अपहरण मुक्त हुनका लागि अपहरणकारीले ६ लाख रुपैयाँ मागेको उनले बताएका थिए । त्यसपछि पीडितका आफन्त प्रहरीकहाँ पुगेका थिए । भारतीय प्रहरीले मंगलबार अपहरणमा परेकाको उद्धार गरेको हो । उनीहरुलाई रौतहट प्रहरीले परिवारको जिम्मा लगाएको छ ।

उनीहरुलाई अपहरण गरेको आरोपमा ६ जना भारतीय पक्राउ परेका छन् । पक्राउ परेका सबै भारतको सितामढीका हुन् । प्रहरीका अनुसार थापा र महत पुस ५ गते रौतहट जाने भन्दै मोटरसाइकलमा निस्किएका थिए । घटनाबारे सितामढी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २०८० पुष ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस