२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

१ करोड ५ लाख रुपैयाँ घुस लिएको आरोप लागेका कुश्माका प्रमुख प्रशासकीय अधिकृत पराजुली पक्राउ

पोखरा । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । जिल्ला प्रहरी पर्वतले उनलाई बुधबार कार्यकक्षबाटै पक्राउ गरेको हो । पर्वत प्रहरीका डीएसपी खुमलाल भुसाललेले बुधबार पक्राउ गरिएको र आजै कास्की पठाउने तयारी भैरहेको बताए । कास्की प्रहरीले पक्राउ गर्न पर्वत प्रहरीलाई आग्रह थियो ।

सहकारीको कार्यक्षेत्र थप गर्ने विषयमा घुस लिएको देखिएपछि उनीविरुद्ध केही दिन अघि जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी गरिएको थियो । पराजुली कुश्मा आउनुअघि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीमा रजिष्ट्रारको रूपमा कार्यरत थिए । सोही समयमा उनले मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा १ करोड ५ लाख रुपैयाँ घुस लिएको खुलेको प्रहरीको भनाइ छ ।

मित्रमिलन बचत तथा ऋण सहकारीका सञ्चालकहरूको बयानका क्रममा पूर्वरजिष्ट्रार पराजुलीले कार्यक्षेत्र विस्तारका नाममा घुस लिएको बयान दिएका थिए ।

 

प्रकाशित मिति : २०८० पुष ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस