२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज बुधबार सुनको मूल्य अझै बढ्यो

Today Gold price in Nepal

काठमाडौं। नेपाली बजारमा सुनको भाउ फेरि बढ्न थालेको छ । हिजो मंगलबार १ लाख २० हजार नाघेको सुनको मूल्य आज बुधबार झनै बढेको छ । कारोबार साताको दोश्रो दिन सोमबार स्थिर रहेको सुनको मूल्य कारोबार साताको तेश्रो दिन मंगलबार तोलामा ६०० बढ्यो । चौथो दिन बुधबार केही बढेर १ लाख २० हजार नाघेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख २० हजार १०० रुपयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य भने स्थिर छ। चाँदीको मूल्य प्रतितोला १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

प्रकाशित मिति : २०८० पुष ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस