२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रणवीर–आलियाकी छोरीको पहिलो तस्बिर, निलो आँखा देखेपछि फ्यानले सम्झे ऋषि कपूर

काठमाडौं । बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्टले आफ्ना फ्यानहरुलाई क्रिसमसको उपहार दिएका छन् । यो जोडीले पहिलो पटक छोरी राहालाई सार्वजनिक गरेका हुन् । सोमबार, जोडी कपूर परिवारको वार्षिक क्रिसमस लंचमा पुगेको थियो । त्यहीँ रणवीर र आलियाले पहिलो पटक छोरी राहालाई मिडियाकासामु सार्वजनिक गरेका हुन् । रणवीरले कारबाट ओर्लिएर सबैभन्दा पहिले पापाराजीलाई आफूले राहालाई पोज दिन ल्याएको जानकारी दिए । त्यसपछि उनी र आलिया छोरीसँग पोज खिचाउन अगाडि आए । राहालाई देखेपछि पापाराजी पनि उत्साहित भए ।

उनले राहालाई क्रिसमसको शुभकामना दिए । यस क्रममा राहाले आफ्ना अभिभावकसँग क्यूट पोज पनि दिइन् । रणवीर र आलियाको विवाह १४ अप्रिल २०२२ मा भएको थियो । उनकी छोरी राहाको जन्म नोभेम्बर ६ मा भएको थियो । पछिल्लो एक वर्षमा यो जोडीले राहाको कुनै तस्बिर साझा गरेका थिएनन् । राहालाई सामाजिक सञ्जालमा देखेपछि फ्यानले विभिन्न प्रतिक्रिया दिएका छन् । कतिपयले राहा आफ्नो हजुरबुवा अर्थात् रणवीरका बुवा ऋषि कपूरजस्तै देखिएको प्रतिकृया दिइरहेका छन् ।

प्रकाशित मिति : २०८० पुष ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस