२०८१ असोज ८ गते मङ्गलवार | 2024 September 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

खोटाङका दुईजनाको मृत्युपछि बिपि राजमार्ग अस्तव्यस्त : बसमा स्थानीयले लगाए आगो

After the death of two people from Khotang, BP highway is chaotic

काठमाडौं । बिपि राजमार्गमा दुईजनाको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका छन्। बिपि राजमार्गस्थित सिन्धुलिको झांगाझोली रातमाटामा मोटरसाइकल र बस एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको विरोधमा स्थानीयले बसमा आगजनी गरेका हुन्।

काठमाडौँबाट सिन्धुली तर्फ आउदै गरेको बागमती प्रदेश ०१ ००६ ख ४५९३ नम्बरको बसमा स्थानीयले केहीबेर अघि आगजनी गरेका हुन्। बसले आज बिहान विपरित दिशाबाट आइरहेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा खोटाङ दिक्तेल नगरपालिका १० बस्ने १८ वर्षीया मुनाकला राई र तुवाचुङ नपा–२ का मोटरसाइकल चालक कुमार राईको मृत्यु भएको हो। अहिले स्थानीयले सवारी आवागमन समेत ठप्प पारेका छन् ।

 

प्रकाशित मिति : २०८० पुष ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस