२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रतिनिधि सभामा एमालेका एक सांसद थपिए

काठमाडौं । प्रतिनिधि सभामा नेकपा एमालेको एक मत थप भएको छ । सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएसँगै एमालेको मत बढेको हो । निलम्बनमा परेपछि सांसद संसदका कुनैपनि निर्णय र बैठकमा भाग लिन पाउँदैन थिए । तत्काल कायम रहेको संसद संख्याको बहुमत वा दुईतिहाई मत जाहेर गर्दाका बखत एमालेको मत कम भएको थियो । अब भने पूर्ती भएको छ ।

कोइरीमाथि मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन बिकको हत्या आरोप लागेको थियो । अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार कोइरीले अघिल्लो वर्ष महोत्तरी क्षेत्र नम्बर १ बाट चुनाव जितेका थिए । फौजदारी कसुरमा अदालतले थुनामा पठाउने निर्णय गरेपछि पदबाट निलम्बन हुने कानूनी व्यवस्था अनुसार उनको पद निलम्बनमा परेको थियो ।

गत मंसिर २८ गते जिल्ला अदालत महोत्तरीले कोइरीलाई सफाइ दिएको थियो । सफाइ पाएसँगै निलम्बन फुकुवाको निर्णय लिएर कोइरी संसद सचिवालय पुगेका थिए ।

 

प्रकाशित मिति : २०८० पुष ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस