२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लोकतन्त्र प्रति जनता आश्वस्त छ, विश्वस्त छ, लोकतन्त्र जोगाउन जस्तोसुकै बलिदान गर्छ : केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कसैले चाहेर लोकतन्त्रको जग हल्लाउन नसक्ने बताएका छन् ।

नेकपा एमालेले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको उपलब्धिका सम्बन्धमा आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले लोकतन्त्र जोगाउन नागरिकले जस्तो सुकै त्याग र बलिदान गर्ने बताए । ‘लोकतन्त्र प्रति जनता आश्वस्त छ, विश्वस्त छ, लोकतन्त्र प्रति जनताको असाधारण विश्वास छ, लोकतन्त्र जोगाउनका निम्ति जनता जे सुकै गर्न पनि तयार छ’, उनले भने ।

यात्राको माध्यमबाट नेकपा एमालेले राष्ट्रिय एकता जगाउने र लोकतन्त्रलाई थप सुदृढ गराउने काम गरेको ओलीले बताए । जनताको बिचमा जाने र जनताको कुरा सुन्ने हिसाबले पनि यात्रा महत्त्वपूर्ण रहेको ओलीको दावी छ । जनसङ्ख्या र भूगोलको हिसाबले ठुलो हिस्सा ओगटेको मध्य पहाडमा अहिलेकै अवस्था रहने हो भने देश समस्यामा पर्छ भन्ने सोचका साथ त्यहाँका नागरिकमा आशा जगाउन यात्रा गरिएको ओलीले बताए । यात्राका क्रममा समस्या पहिचान र सम्भावना प्रकट भएका ओलीले प्रष्ट पारे

बसाइसराइ र युवा विदेश जाने क्रमलाई रोक्नु आजको मुख्य विषय भएको ओलीले बताएका छन् । त्यस विषयमा यात्राको क्रममा निक्कै गहन छलफल भएको उनले सुनाए । आगामी दिनमा सही नीति निर्माणको लागि ती छलफल कामयाबी रहने ओलीले बताए । आम जनताको साथ सहयोगले यात्रा निक्कै सफल भएको ओलीले बताए ।

वर्तमान गठबन्धन सरकारका कारण देश गलत बाटोमा गइरहेको ओलीको भनाई छ । भर्खरै एनसेलको स्वामित्व किनबेचको विषय निक्कै गम्भीर विषय भएको उनको भनाई छ । खरबौँको सम्पत्ति करोडमा कारोबार गर्ने कुरालाई कुनै पनि हालतमा सही स्विकार्न नसकिने ओलीको दावी थियो ।

 

प्रकाशित मिति : २०८० पुष ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस