२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

स्पेनिस ला लिगा फुटबल: एथ्लेटिको मड्रिड विजयी

Spanish La Liga Football Atletico Madrid win

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड विजयी भएको छ । शनिबार राति सम्पन्न भएको खेलमा सभेल्लिालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै एथ्लेटिको मड्रिड लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसले बार्सिलोनालाई पछि पारेको हो । एथ्लेटिको मड्रिड र बार्सिलोनाको समान ३८ अङ्क भए पनि गोल अन्तरमा तेस्रो स्थानमा रहन पुग्यो । रियल मड्रिड र जिरोना समान ४५ अङ्कका साथ तालिकाको पहिलो र दोस्रो स्थानमा रहँदा पराजित भएको सेभिल्ला भने १६ अङ्कसहित १५ औँ स्थानमा छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एथ्लेटिको मड्रिडले दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै गोल गरेको थियो । मार्कस लोरेन्टले गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिमसम्म जोगाउँदै स्पष्ट ३ अङ्क लिन सफल भयो । एथ्लेटिको मड्रिड ७० औँ मिनेटमा १० खेलाडीमा झरेको थियो ।

कागलर सोयोन्सु वैकल्पिक खेलाडीको रुपमा ६६ औँ मिनेटमा मैदान प्रवेश गरेका थिए । तर ४ मिनेट पछि नै खराब ट्याकल गरेका कारण भारको सहयोगमा रातो कार्ड दिइएको थियो । १० खेलाडीमा रहेको एथ्लेटिको मड्रिडविरुद्ध सेभिल्लाले कुनै पनि दबाब भने बनाउन सकेन ।

 

प्रकाशित मिति : २०८० पुष ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस