२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चितवनमा गाडी दुर्घटना हुँदा ७ जना घाइते

Road Accident

काठमाडौं । चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा सात जना घाइते भएका छन्। चितवनको राप्ति नगरपालिका-१२ भञ्ज्याङमा गएराति ८ बजे भण्डारबाट कालिटार जाँदै गरेको बा १९ च ४५६२ नम्बरको गाडी सडकबाट १५ मिटर तल खसेर दुर्घटना हुँदा ७ जना घाइते भएको चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।

दुर्घटनामा परी गाडीचालक राप्ती नगरपालिका-१३ का चन्द्रबहादुर प्रजासहित सोही ठाउँका ५० वर्षीया दिलमाया चेपाङ, ६७ वर्षीय दिलबहादुर चेपाङ, १७ वर्षीय सरोजकुमार प्रजा, ३० वर्षीय विष्णुलाल प्रजा, १५ वर्षीय मनकुमार प्रजा र ३५ वर्षीय मनकुमार प्रजा घाइते भएको डिएसपी पण्डितले जानकारी दिए।

घाइतेहरूको भरतपुर अस्पताल र भण्डारा अस्पतालमा उपचार भइरहेको छ। गाडी आफैं अनियन्त्रित भएर दुर्घटना भएको डिएसपी पण्डितले जानकारी दिए।

 

प्रकाशित मिति : २०८० पुष ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस