२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उदास, निराशा र डिप्रेसनबाट मुक्त हुन चाहनुहुन्छ भने यी ५ कुराहरू सधैं ख्याल गर्नुहोस्

काठमाडौं । प्राय: मानिसहरू प्रेम पाउँदा धेरै खुशी महसुस गर्छन् । तर सबैले आफूले चाहेको माया पाउँछन् भन्ने छैन । प्रेममा कसैको सहयोग नपाउँदा वा चाहेको कुरा नपाउँदा पीडा महसुस हुन्छ । व्यक्ति आफू टुटेको आभास गर्न थाल्छ । यसलाई एक प्रकारको भावनात्मक संकट पनि भन्छन् । तपाईं विस्तारै उदास, चिन्ता, क्रोध जस्ता भावनाहरूले घेरिन थाल्नुहुन्छ । यस्तो अवस्थामा तपाईंले आफ्नो ख्याल राख्नु अति आवश्यक छ । आफ्नो मनलाई नियन्त्रणमा राख्नुहोस् । विज्ञहरूका अनुसार यसमा दुई कुराले सबैभन्दा बढी मद्दत गर्छ, पहिलो औषधि र दोस्रो कम्युनिकेसन (सञ्चार) वा टक थेरापी । थेरापी र औषधिको सहायता लिनुअघि भावनाहरू सम्हाल्न केही कुराहरुमा ध्यान दिनु महत्त्वपूर्ण छ ।

तनाव मुक्त जीवन
चिन्ताले तनाव निम्त्याउँछ । यसले हाम्रो सन्तुलन बिगार्छ । यसले हाम्रो मुड बिगार्छ । जीवनका कठिन कामहरूलाई अझ कठिन बनाउन यसले सहयोग गर्छ । श्वासप्रश्वास प्रविधि, संज्ञानात्मक प्रविधि, विश्राम प्रविधि आदि जस्ता धेरै प्रविधिहरूको माध्यमबाट तनाव नियन्त्रण गर्ने प्रयास गर्न सक्नुहुन्छ । यी सबै कुराले भावनात्मक रूपमा निको पार्न मद्दत गर्नेछन् । यी हुन् मानसिक रुपमा निको पार्न सक्ने ५ कुराहरु

मानसिक रुपमा निको हुनका लागि आत्म–हेरचाह
आत्म–हेरचाहले मानसिक उपचारमा सबैभन्दा बढी मद्दत गर्दछ । पहिले तपाईं को हुनुहुन्छ भनेर आफैलाई स्वीकार गर्नुहोस् । यसको अर्थ तपाईं जे चाहनुहुन्छ त्यही गर्नु हो । सीमा निर्धारण गर्नु, आफैंमाथि विश्वास र विचार राख्नु, आफ्नो मूल्यमान्यताको पक्षमा उभिँदा मानसिक रूपमा निको हुन मद्दत गर्छ । आफूले लगाउन चाहेको लुगा लगाउने, आफूले खान चाहेको खाना खाने, आफूले भन्न चाहेको कुरा बोल्ने जस्ता धेरै कुराहरु यसभित्र पर्छन्, जसले स्वत: तपाईंलाई बलियो महसुस गराउँछ ।

आफूलाई चिनाउनुहोस्
हरेक व्यक्तिमा आ–आफ्नो गुण, क्षमता र प्रवृत्ति हुन्छ । व्यावसायिक प्रगतिको लागि आफूलाई परिवर्तन गर्नु ठीक छ । तर हरेक सानो तिनो कुरा र विचारका लागि सम्झौता गर्नु ठीक होइन । आफ्ना गुणहरू चिन्नुहोस्। तपाईं जस्तो हुनुहुन्छ त्यसरी नै बसेर आफ्नो भावनात्मक पीडा कम गर्न सक्नुहुन्छ । तपाईं आफैलाई संकटबाट बचाउन सक्नुहुन्छ ।

अरुको प्रेम पाउनुहोस्
तपाईं जे चाहनुहुन्छ त्यो प्राप्त नहुने धेरैलाई हुन्छ । तर यो प्रेम वा खुशीको अन्त्य होइन । तपाईंले प्रेम पाउन अरूलाई पनि माया गर्नुपर्छ । उनीहरूको विचारसँग सहमत हुनुपर्छ । अरूलाई प्रेम गऱ्यौं भने हामी आनन्दित र राम्रो महसुस गर्छौं । हामी पनि लामो समयसम्म बाँच्न सक्छौं । यसबाट जीवन अझ अर्थपूर्ण महसुस हुन्छ । हामी अरूको वास्तविकता स्वीकार्छौं । आफ्ना साना साना योजनामा अरूलाई पनि सामेल गराउनुहोस् । बोल्ने मात्र होइन, सुन्ने पनि गर्नुहोस् । आफ्नो गल्ती स्वीकार गर्नुहोस् र सच्याउनुहोस् ।

मनलाई नियन्त्रण गर्नुहोस्
हामीले सोच्ने कुराभन्दा बढी भावनात्मक पीडा अरू कुनै कुराले दिदैँन् । हामीले त्यस्ता विचारहरूको पहिचान गर्नुपर्छ जुन हाम्रा लागि उपयोगी हुँदैनन् । तिनीहरूलाई लिएर झगडा गर्नु वा अरूलाई सम्झाउनुको अर्थ हुँदैन् । त्यसको साटो तिनीहरूलाई समयमा नै त्याग्नुहोस् । यस्ता सोचाइले भावनात्मक पीडा दिन्छ । तपाईं आफ्नो मनलाई नियन्त्रण गर्न सक्नुहुन्छ । मनमाथि नियन्त्रण राखेर मानसिक उपचार गर्न सकिन्छ ।

मानसिक रुपमा निको हुन विगत बिर्सनुहोस्
हरेक पल आफ्नो विगतलाई बिर्सने कोसिस गरौं । विगतमा दुखेको धागोले खु:शीतर्फ फर्कनबाट रोक्न सक्छ । यसलाई नराम्रो सपनाजस्तै ठानेर भुल्ने कोसिस गर्नुहोस् । हामी हाम्रो मानवीय प्रवृतिसँग खेलबाड नगरेर विगतबाट छुटकारा पाउन कोसिस गर्न सक्छौं ।

प्रकाशित मिति : २०८० पुष ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस