२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बिहान खाली पेटमा महसँग लसुन खाँदा घाँटी दुख्नेदेखि मोटोपनासम्मको समस्या चैट

काठमाडौं । खाना जान्यो भने हाम्रो भान्सामा पाइने हरेक तत्व कुनै औषधिभन्दा कम हुँदैनन् । यो कुरा धेरै पटक प्रमाणित समेत भइसकेको छ । विशेषगरी मसला र सागसब्जीमा यस्ता धेरै गुण हुन्छन्, जुन हाम्रो स्वास्थ्यका लागि निकै स्वस्थकर साबित हुन्छ । यी तत्वहरूमा लसुन पनि आउँछ । लसुनलाई काँचै खाएर लाभ लिने प्रक्रिया धेरै पुरानो भैसक्यो । हाम्रा अग्रजहरूले सदियौंदेखि लसुन खाँदै आएका छन् । साथै आयुर्वेदमा लसुनको अलग महत्व छ । महमा मिलाएर लसुन खाँदा जाडोमा धेरै समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ । जाडो मौसममा लसुन र मह एकसाथ सेवन गर्दा के–के फाइदा हुन्छ, आउनुहोस् जानिराखौं ।

रोग प्रतिरोधक क्षमता बढ्छ
महमा मिलाएर लसुन खाँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ । यसमा एन्टिब्याक्टेरियल, एन्टिअक्सिडेन्ट, एन्टी इन्फ्लेमेटरी गुणको भण्डार हुन्छ, जसले जाडोमा कमजोर रोग प्रतिरोधात्मक क्षमताको समस्यालाई हटाउन सहयोग गर्छ । यसका साथै रुघाखोकीबाट पनि छुटकारा पाउन सकिन्छ ।

घाँटी दुख्ने समस्या हटेर जान्छ
जाडो मौसममा धेरैलाई घाँटी दुख्ने समस्या धेरै हुन्छ । यसले प्राकृतिक तरिकाले घाँटी दुखाइ कम गर्न मद्दत गर्दछ । त्यसमा एन्टी ब्याक्टेरियल गुण हुन्छ, जसले घाँटीमा ब्याक्टेरिया बढ्न दिँदैन । यदि तपाईं घाँटी दुख्ने समस्याबाट मुक्ति पाउन चाहनुहुन्छ भने मह र लसुनको मिश्रण अवश्य खानुहोस् ।

तौल कम गर्छ
यदि जाडो मौसममा तपाईंको तौल निकै छिटो बढिरहेको छ भने लसुन र महको एकसाथ सेवन गर्नुहोस् । यो मिश्रणले तपाईंको मेटाबोलिज्मलाई बढावा दिन्छ, जसले शरीरको अतिरिक्त क्यालोरीलाई छिटो खपत गर्न सघाउँछ । यस्तो अवस्थामा तपाईंको तौल निकै छिटो घट्न थाल्छ । जाडो मौसममा आफ्नो तौल नियन्त्रणमा रहोस् भन्ने चाहनुहुन्छ भने खाली पेटमा मह र लसुनको मिश्रण खाएर नतिजा आफैं हेर्न सक्नुहुन्छ ।

मुटुको स्वास्थ्यमा सुधार
लसुन र महको मिश्रण मुटुरोगीका लागि उत्तम हुन्छ । यसमा हुने गुणले मुटुमा रक्तसञ्चारमा सुधार ल्याउँछ । त्यसले मुटुसम्बन्धी रोगको जोखिम कम गर्दछ । यदि तपाईं मुटुसम्बन्धी समस्या कम गर्न चाहनुहुन्छ भने यसको सेवन अवश्य गर्नुहोला ।

पाचनको लागि उत्तम
लसुन र महको मिश्रणले पाचन सम्बन्धी समस्याबाट छुटकारा दिलाउँछ । यसले पेट सफा गर्न प्रभावकारी भूमिका खेल्छ । यदि तपाईं अपच, कब्जियत, झाडापखाला जस्ता समस्यालाई पीडित हुनुहुन्छ भने यसको सेवनलले लाभ हुन सक्छ ।

लसुन र मह कसरी खाने ?
लसुन र महको सेवन गर्दा पहिले एक गिलासमा आधा मह भर्नुहोस् । त्यसपछि त्यसमा छर्केको लसुनलाई १ हप्तासम्म छोडिदिनुहोस् । अनि त्यो लसुनलाई दैनिक चपाएर खानुहोस् । यसले जाडोमा धेरै समस्याबाट मुक्ति दिलाउँछ । जाडो मौसममा हुने समस्याबाट बच्न मह र लसुनको सेवन गर्न सकिन्छ । यदि तपाईंको अवस्था यसबाट सुधार भइरहेको छैन भने सम्बन्धित क्षेत्रका विशेषज्ञको मद्दत लिनुहोला ।

प्रकाशित मिति : २०८० पुष ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस