२०८१ मङ्सिर १ गते शनिवार | 2024 November 16th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मन्त्री किरातीले बनाए लक्ष्मी पुनलाई पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक

काठमाडौं । पत्रकार लक्ष्मी पुन पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा आज भएको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले उहाँलाई नियुक्त गरेको हो । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकको पद नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी वा सचिव सरहको पद हो । नवनियुक्त पुन द वाकर अनलाइनको सञ्चालक तथा सम्पादक हुनुहुन्छ ।

साथै, उहाँ पुन प्रेस सेन्टर नेपालको सल्लाहकार पनि हुनुहुन्छ । पुन नेपाल पत्रकार महासंघका सचिव, प्रेस सेन्टर नेपालको उपाध्यक्ष, पूर्व गृहमन्त्री जनार्दन शर्माको प्रेस सल्लाहकारसमेत भएर काम गरिसक्नुभएको छ । स्थायी रुकुम पश्चिमको सानीभेरी गाउँपालिका रहेकी पुनले युद्ध पत्रकारिता समेत गर्नुभयो । अध्ययनमा पुनले कानूनमा स्नातक र अंग्रेजी विषयमा स्नातकोत्तर गर्नुभएको छ । यसअघिका कार्यकारी निर्देशक घनश्याम खतिवडाको पदावधि यही पुस १ गते सकिएको थियो ।

प्रकाशित मिति : २०८० पुष ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस