२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मोटरसाइकल दुर्घटना हुँदा शाहीको मृत्यु

Shahi died in a motorcycle accident

४ पुस, धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तरगत घोडाघोडी नगरपालिका–१ स्थित जंगल रिसोर्ट नजिकै सुपप्र ०१०१० प ५०७० नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–२ विशाल चोक बस्ने अन्दाजी ३० वर्षीय भोजबहादुर शाहीको मृत्यु भएको हो । गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

 

प्रकाशित मिति : २०८० पुष ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस