२०८१ असोज ८ गते मङ्गलवार | 2024 September 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल एयरलाइन्सको एक वर्षको आम्दानी २२ अर्ब २४ करोड : दोब्बरभन्दा बढीले वृद्धि

३ पुस, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले एक वर्षमा सवा २२ अर्ब रुपैयाँ आम्दानी गरेको छ । मंगलबार एक विवरण सार्वजनिक गर्दै नेपाल एयरलाइन्सले आर्थिक वर्ष (आव) २०७९/८० मा २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ आम्दानी भएको देखाएको हो ।

कोभिड–१९ महामारीको समयमा घटेको निगमको व्यापार अवस्था सामान्य भएसँगै वृद्धि भएको देखिन्छ । कोभिड–१९ को उच्च चपेटामा परी पर्यटक आगमन प्रभावित भएको समय आव २०७७/७८ मा ९ अर्ब १० करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको नेवानिले आव २०७८/७९ मा १६ अर्ब ४६ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानमा चार जहाज छन् । आन्तरिकमा २ वटा जहाज मात्र उड्न योग्य अवस्थामा छन् । यसबाहेक तीन वटै अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ समेत निगमको अर्को मुख्य आम्दानीको स्रोत हो ।

 

प्रकाशित मिति : २०८० पुष ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस