२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

छोरीको स्कुलमा अमिताभ-अभिषेकलाई पिठ्यू फर्काउँदै साहरुख-करणसँग नाचिन् ऐश्वर्या

Aishwarya Rai Bachchan danced with Shahrukh-Karan while turning away Amitabh-Abhishek at her daughter's school

काठमाडौं । बलिउडको सबैभन्दा ठूलो घरानाका रुपमा परिचित बच्चन परिवारमा अहिले कोलाहलपूर्ण माहोल छ । अभिषेक बच्चन र ऐश्वर्या राय डिभोर्सको संघारमा छन् । पारिवारिक कलहको बाछिटा सार्वजनिक रुपमा समेत पोखिन थालेको छ । हालैमात्र अभिषेक ऐश्वर्याकी छोरी पढ्ने धिरभाइ अम्बानी इन्टरनेशनल स्कुलको वार्षिकोत्सव समारोह थियो । यो स्कुलमा थुप्रै बलिउड हस्तीका छोराछोरी पढ्छन् । साहरुख खानका छोरा अब्राम र करिना कपुर-सेफ अलि खानका छोरा तैमुर पनि यही स्कुलका विद्यार्थी हुन् ।

वार्षिकोत्सव कार्यक्रममा यी तीनै जना स्टार किड्सहरुले आआफ्नो प्रस्तुति दिएका थिए । छोराछोरीको कलाकारिता हेर्न बाबुआमा नपुग्ने कुरै भएन । अभिषेक बच्चन र ऐश्वर्या राय पनि छोरीको हौसला बढाउन पुगे । हजुरबा अमिताभ बच्चन पनि कार्यक्रममा नगइरहन सकेनन् । कार्यक्रममा जे देखियो, त्यसले यो परिवारभित्रको संकट गहिरिँदै गएको संकेत गर्छ ।

अभिषेक र ऐश्वर्या बेग्लाबेग्लै गाडी चढेर स्कुल पुगेका थिए । उनीहरुबीच खासै बोलचाल पनि भएन । दुवैजना अलग अलग ठाउँमा बसेर छोरीको प्रस्तुति हेरे । ऐश्वर्या आफ्नी आमासँग बसेकी थिइन् । अभिषेक कता थिए, कसैले पत्तो पाएनन् । ऐश्वर्याले आफ्नी छोरीको ड्रामा हेरेर रमाउँदै क्यामरामा भिडियो खिचेकी थिइन् । कार्यक्रममा ऐश्वर्याकी छोरी आराध्याले उत्कृष्ट प्रस्तुति दिइन् । धेरैले उनको अभिनयको प्रशंसा गरेका छन् । यस्तै, शाहरुखका छोरा र करिनाका छोराले पनि तारिफ बटुलेका छन् ।

सांस्कृतिक कार्यक्रमपछि नाचगान गरिएको थियो । साहरुखको फिल्म ओम शान्ति ओमको गीतमा बच्चाहरु आफ्ना अभिभावकसँगै नाचेका थिए । कार्यक्रममा उपस्थित सेलिब्रिटीहरु पनि जमेर डान्स गरे । यस क्रममा पनि बच्चन परिवारको फुट प्रत्यक्ष देखियो । ऐश्वर्याले श्रीमानलाई इग्नोर गर्दै शाहरुख, उनकी छोरी सुहाना र करण जोहरसँग नाचिन् । अभिषेक बच्चन बाबु अमिताभसँग नाचे ।

सार्वजनिक भिडिओमा ऐश्वर्याले ससुरा र श्रीमानपट्टि पिठ्यू फर्काएर साहरुखहरुसँग नाचिरहेको देखिन्छ । अमिताभले पटक पटक बुहारीलाई नियालेका थिए । तर, ऐश्वर्याले उनलाई इग्नोर हानिन् । कार्यक्रमपछि ऐश्वर्या र अभिषेक आआफ्नो गाडी चढेर गन्तव्यतर्फ गए । आराध्य आफ्नी आमासँग गइन् । गत दिवालीदेखि ऐश्वर्याले श्रीमानको घर छोडिसकेकी छन् । उनी अहिले छोरी आराध्यालाई लिएर आफ्नी आमासँग बस्ने गर्छिन् । अभिषेक र ऐश्वर्याले छोरीका कारण मात्र डिभोर्स गर्न नसकिरहेको बताइएको छ ।

 

प्रकाशित मिति : २०८० पुष २ गते सोमवार
प्रतिक्रिया दिनुहोस