२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कुवेतका अमिरको निधनप्रति नेपालद्धारा दुःख व्यक्त, आज राष्ट्रिय झण्डा आधा झुकाइने

Nepal expressed its grief over the death of the Emir of Kuwait

काठमाडौं । मित्र राष्ट्र कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको निधनप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट गहिरो दुःख प्रकट गरेको छ ।

गृहमन्त्रालयका प्रवक्ता सहसचिव नारायण प्रसाद भट्टराईले एक विज्ञप्ति जारी गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट गहिरो दुःख प्रकट गर्दै कुवेत सरकार, कुवेती जनता र स्वर्गीय अमिरको परिवारजनप्रति समवेदना व्यक्त गरेका हुन् ।

उनका अनुसार स्वर्गीय अमिर शेख नवाफ अल अहमद अल जावेर अल सबाको सम्मानमा मिति २०८० पुस २ गते शोक मनाउने तथा नेपालभरका सरकारी कार्यालयहरू एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्)को मिति २०८०-०९-०१ गतेको बैठकले निर्णय गरेको छ ।

 

प्रकाशित मिति : २०८० पुष २ गते सोमवार
प्रतिक्रिया दिनुहोस