२०८१ मङ्सिर ८ गते शनिवार | 2024 November 23rd Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कक्षा ८ मा फेल भएपछि २३ वर्षको उमेरमा खोले करोडौंको कम्पनी !

काठमाडौं । विद्यालयमा हुने परीक्षामा अनुत्तीर्ण भएपछि, धेरै विद्यार्थीहरू यति निराश हुन्छन् कि उनीहरूले आफ्नो जीवन बर्बाद भएको महसुस गर्न थाल्छन् । तर, पढाईमा असफल हुनुको अर्थ यो होइन कि तपाईं जीवनमा सफल हुनुभयो । भारतको चर्चित साइबर सेक्युरिटी कम्पनी, टेक सेक्युरिटीका सीईओ त्रिशनीत अरोरा यसको सबैभन्दा ठूलो उदाहरण छन् ।

लुधियानाको मध्यमवर्गीय परिवारमा जन्मिएका अरोरालाई सानैदेखि पढाइमा रुचि थिएन । त्रिशनीत कम्प्यूटरमा यति पागल थिए कि उनले अन्य विषयहरूका पुस्तकहरू खोलेनन्। जसकारण उनले कक्षा ८ को परीक्षामा उत्तीर्ण हुन सकेका थिएनन् । त्यसपछि अभिभावकले धेरै प्रयास गरे तर त्रिशनित मानेनन् । फेल भएपछि नियमित पढाइ छाडेर पत्राचारमार्फत १२ कक्षासम्म पढे ।

त्रिशनीतले कम्प्युटरमा करियर बनाउने निर्णय गरेका थिए । जब उनले आफ्नो कामको लागि भारु ६० हजार रुपैयाँको चेक प्राप्त गरे तब उनी भर्खर १९ वर्षका थिए । पछि, उनले नैतिक ह्याकिङको क्षेत्रमा यति धेरै काम गरे कि नैतिक ह्याकिङको दुनियाँमा उनको चर्चित नाम बन्यो । काम सिकेपछि त्रिशनीतले ‘टेक सेक्युरिटी’ नामको कम्पनी स्थापना गरे, जसले आज करोडौंको कारोबार गरिरहेको छ ।

‘ह्याकिङ टक वीथ त्रिशनीत अरोरा’, ‘द ह्याकिङ एरा’ जस्ता उत्कृष्ट पुस्तकहरू पनि उनले लेखेका छन् । २३ वर्षीय त्रिशनीत आज जुन स्थितिमा छन्, त्यसले देखाउँछ कि यदि हामी कुनै कुरामा जोशका साथ अगाडि बढ्यौ भने आफ्नो सपना पूरा गर्नबाट कसैले रोक्न सक्दैन ।

प्रकाशित मिति : २०८० पुष २ गते सोमवार
प्रतिक्रिया दिनुहोस