२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एनिमलले कमायो ७५० करोड, ‘जमाल कुडु’ गीत पनि सार्वजनिक [भिडियो]

काठमाडौं । रणवीर कपूर स्टारर फिल्म एनिमलले रिलिजको १२ औं दिनमा विश्वभर भारु १९ करोड ७५ लाख रुपैयाँ कमाएको छ । योसँगै अब यो फिल्मको कुल कमाई भारु ७५७ करोड ७३ लाख पुगेको छ । यदि फिल्मले बुधबार विश्वभर थप १६ करोड कमायो भने यसले आमिर खानको ुपीकेुको रेकर्ड तोड्नेछ । योसँगै यो विश्वभर सबैभन्दा धेरै कमाउने हिन्दी फिल्मको सूचीमा छैटौं स्थानमा पुग्ने छ ।

अब एनिमल क्यानडामा सबैभन्दा धेरै कमाउने दोस्रो भारतीय फिल्म बनेको छ । यो सूचीको शीर्षमा शाहरुखको ‘पठान’ छ, जसले ६० करोड डलरको व्यापार गरेको थियो । यसैबीच चलचित्रका निर्माताले चर्चित ‘जमाल कुडु’ गीत बुधबार सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । फिल्म रिलिज भएदेखि नै यो गीतको निकै चर्चा भइरहेको छ । हालै बबीले एक अन्तर्वार्तामा गीतमा यो डान्स स्टेप आफ्नो आइडिया भएको बताएका थिए ।

प्रकाशित मिति : २०८० मङ्सिर २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस