२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

देउवाविरुद्ध पुन: एक ठाउँमा उभिए शेखर–गगन, गुटको संरक्षक नबन्न चेतावनी !

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले सभापति शेरबहादुर देउवालाई दबाबमा सच्चिन अनुरोध गरेको छ । शेखर कोइराला समूहले आगामी राष्ट्रियसभा निर्वाचनमा मापदण्डलाई विशेष ख्याल गर्दै न्यायपूर्ण तवरले टिकट वितरण गर्नुपर्नेमा जोड दिएको छ । आजको बैठकमा महामन्त्री थापा र केन्द्रीय नेता शेखर कोइरालाबीच जारी विवादबारे पनि टुंगो लागेको छ । बैठकपछि नेता कोइरालाले आफ्नो र महामन्त्री थापाका एजेन्डामा मतमान्तर नभएको प्रष्टीकरण दिनुभयो । उमेरान्तरका कारण सोचाइ फरक भएपनि एजेन्डामा कुनै पनि फरक मत नभएको उहाँले स्पष्ट पार्नुभएको हो ।

उता, महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवा आफैं गुटको संरक्षक भएको आरोप लगाउनुभयो । सभापति देउवाले सबैलाई न्यायपूर्ण व्यवहार गर्नुपर्ने ठाउँमा आफैं एउटा समूहको संरक्षक जस्तो भएको आरोप लगाउनुभएको हो । राष्ट्रियसभाको निर्वाचनको उम्मेदवार छान्न मापदण्ड बनाउनुपर्ने महामन्त्री थापाले बताए । आजको बैठकमा सुशासन र एकपछि अर्को आएको काण्डको विषयमा छलफल गम्भीर छलफल भएको उनले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० मङ्सिर २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस