२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज बुधबार झनै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Today Gold price in Nepal

काठमाडौं । लगातार घटिरहेको सुनको मूल्य आज बुधबार झनै घटेको छ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा झनै गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार छापावाल सुन तोलामा १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि छापावाल सुन आइतबार १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी तोलामा १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदीको मूल्यमापनि केही गिरावट आएको छ । आइतबार तोलामा १४२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबारदेखि १४१० रुपैयाँमा स्थिर थियो । आज बुधबार १४०० रुपयैयाँ कायम भएको छ ।

 

प्रकाशित मिति : २०८० मङ्सिर २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस