काठमाडौं । बलिउड अभिनेता दिलीप कुमारको १०१ औं जन्मजयन्ती आज मनाइँदैछ । आफ्नो लामो अभिनय यात्रामा दिलीप कुमारले धेरै चर्चित फिल्ममा काम गरेका छन् । तर उनले सधैं आफूलाई मन पर्ने काम भने पाएनन् । उनले एक पटक आफ्नो प्रतिभालाई न्याय गर्ने भूमिकाहरू नपाएपछि निराश भएको उल्लेख गरेका थिए । सन् १९९५ मा साउथ एसिया मोनिटरसँग कुरा गर्दै दिलीपलाई आफ्नो अभिनय यात्रा र चलचित्रबाट पाउन बाँकी के छ भनेर सोधिएको थियो ।
जवाफमा उनले भने, ‘म यसलाई यसरी हेर्दिन्, तर साहित्यिक दृष्टिकोणबाट, म कहिलेकाहीं निराश हुन्छु जब मैले राम्रो भूमिकाको लागि हप्तौं र महिनौं पर्खें । आजकल मानिसहरु राम्रो कथाको साटो रेडीमेड अडियो क्यासेट लिएर मकहाँ आउँछन् । अनि मैले त्यसको नक्कल गरेको हेर्न चाहान्छन् ।’
दिलीपले चलचित्रबाट नपाएको उपलब्धि
यसको जवाफमा उनले भने, ‘होइन, मैले अझै सुरु गरेको छैन । गर्न धेरै छ तर हामीले आफूसँग भएको फ्रेमवर्कभित्र रहेर गर्नुपर्छ । काम गर्नु पर्यो । राम्रो प्रदर्शन गर्नको लागि राम्रो चलचित्र, विषयवस्तु र पात्रहरू चाहिन्छ । हामीले सबै कुराको विकास गरेका छौं । तर अचम्मको कुरा हामीसँग आधुनिक साहित्यको अभाव छ । हामीले हाम्रो संस्कृतिलाई बेवास्ता गरेका छौं । मलाई कहिलेकाँही लाग्छ मैले अझ राम्रो–राम्रो पात्रहरू पाएको भए गज्जब हुन्थ्यो ।’
दिलीपको अभिनय यात्रा
दिलीप कुमारले बम्बई टकीजको ब्यानरमा सन् १९४४ मा निर्माण भएको फिल्म ज्वार भाटाबाट डेब्यु गरेका थिए । यसपछि उनले अन्दाज, आन, दाग, इन्सानियत , आजाद, नया दौर, मधुमति, पैगम, कोहिनूर, मुगल–ए–आजम, गंगा जमना, राम और श्याम जस्ता सफल चलचित्रमा काम गरेका छन् । उनलाई दर्शकले दस्तान, सगिना, क्रान्ति, विधाता, शक्ति, कर्म, सौदागर अधिक रुचाएका थिए । उनलाई अन्तिम पटक १९९८ मा बनेको चलचित्र किलामा देखिएको थियो ।