२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एनएसएलमा काठमाडौंसँग पोखरा स्तब्ध

Pokhara shocked with Kathmandu in NSL

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा पोखरा थन्डर्स पहिला लिएको अग्रता जोगाउन नसक्दा काठमाडौं रेजर्ससँग पराजित भएको छ । यससँगै काठमाडौंले लगातार तीन खेलको जितविहीन यात्रा पनि टुङ्ग्याएको छ । पोखराको चार खेलको अपराजित यात्रा समाप्त भएको छ ।

दशरथ रंथशालामा पोखरालाई २–१ ले हराउँदै काठमाडौं ८ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पोखरा र धनगढी एफसीको पनि समान ८ अंक छ । तर हेड टु हेडमा पोखरा चौथो स्थानमा झरेको छ । धनगढीले ४ खेल मात्र खेलेको छ । ५ खेल नै खेलेको ललितपुर सिटी एफसी ९ अंकसहित तालिकाको शीर्ष स्थानमा छ

काठमाडौंलाई जिताउन शोखरुले इन्जुरी समयमा गोल गरे । उनले पोखराका किपर प्रिसो अघि बढेको अवस्थामा उनलाई बिट गर्दै भलिबल प्रहार गरेको बल गोल भएको हो । यसअघि खेलमा ५९ औं मिनेटमा पोखराका मार्की आयुष घलानले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

स्टेफेन कोजो एनोरले हानेको शक्तिशाली प्रहार काठमाडौंका किपर अन्जल श्रेष्ठले बचाउने क्रममा पूर्ण रुपमा रोक्न सकेनन् र रिबाउन्डमा आयुषले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रतालाई काठमाडौंले ८३ औं मिनेटमा तोडेको थियो । एनकुनगुए जुनियरले बक्सको एजबाट हानेको प्रहार गोल भएको थियो। पोखराका किपर प्रिसोले बचाउने प्रयास गरे पनि सकेनन् ।

यसअघि ३४ औं र ३५ औं मिनेटमा पोखराले लगातार २ वटा मौका गुमाएको थियो । ३४ ‌‍‍औं मिनेटमा काठमाडौंका आन्द्रेस नियाले बल क्लियर गर्दै संकट टारेका थिए । पोखराका मोसेसले हानेको बलमा काठमाडौंका किपर अन्जल श्रेष्ठ बिट भइसकेको अवस्थामा नियाले बल बाहिर फाल्दै बचाए । त्यसमा पाएको कर्नरमा पोखराका सुरज ज्यु ठकुरीले हानेको प्रहार मोसेसले दायाँ साइटको ६ यार्ड बक्सबाहिरबाट हेड गरेका थिए । तर काठमाडौंका राजिव लोप्चनले गोल लाइनबाटै हेड गरेर बल क्लियर गरे ।

 

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस